Nepali Hymn

येशु हुन् मेरो कस्तो विलास


१. येशू हुन्‌ मेरो कस्तो विलास,
दिँदछन्‌ मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर,
उनमा म बस्छु सधैँ निडर


Ref
को. यो मेरो हाल छ,
यो मेरो गान गर्छु प्रशंसा प्रतिदिनै (२)


२. पूरा भरोसा, आनन्द र सुख,
अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान,
दूतगण अब गर्छन्‌ प्रेमको बखान


३. विश्वास म राख्छु, ख्रीष्ट मेरो नाथ,
उनैमा बस्छु सुरक्षासाथ
उनैमा प्रेमले पाउँछु विश्राम
जानेछु अन्तमा स्वर्गीय लोक


Yeshu Hun Mero Kasto Bilas
Didaxan Maan ma Mahima Ko assh
Mukti ko Bhaghi, swarga Mero Ghar
Unma ma baschu sadhai Nidar


Chorus.
Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai
Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai


Pura Bharosha, anand ra Sukh
aba mero maan ma, na sok na Dukh
Khrist bata Vayo, Daya ko Gyan
Dudhgan abo Garchan, Prem ko bakhan


Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai
Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai

 


Duniya Ramaw दुनियाँ रमाऊ


दुनियाँ रमाऊ र ग्रहण गर
ख्रीष्ट प्रभु राजालाई,
हर मनमा होस्, उहाँलाई घर
संसार गरोस् बढ़ाइ
संसार गरोस् बढ़ाइ
संसार, संसार, गरोस् बढ़ाइ


दुनियाँको ज्योति उनै हुन्,
पाप क्षमा दिनेछन्
उनले हाम्रा सबै दु:ख दूर गर्नछन्
र आशिष् दिनेछन्
र आशिष् दिनेछन्
र आशिष्, र आशिष्, दिनेछन्


खुशी मनाऊ, ख्रीष्ट राजा हुन्
साब जन र सबै प्रण
समुद्र र पहाड़ र खोला र मैदान
गाऊ स्तुतिको गीतगान
गाऊ स्तुतिको गीतगान
गाऊ स्तुति, गाऊ स्तुतिको गीतगान


उनले विश्‍वास र दयाले
राज्यलाई फैलाउँदछन्
आफ्नो दृढ़ सत्य विभवका बाटोले
अमोल प्रेम गर्दछ
अमोल प्रेम गर्दछ
अमोल, अमोल प्रेम गर्दछन्

 


ईश्वरको प्रेम


१. ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे


Ref
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
सधैँभरि दूतगण समस्त गाउँछन्‌ त्यसको जयजयकार


२. अफशोसी दिन जब बित्नेछन्‌, सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ
ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्‌
अनुग्रह आदम वंशलाई भनी गाउनेछन्‌ दूतगण


३. समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान्‌ प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको