Nepali Hymn

सर्वोत्तम देऊ मालिकलाई जवानको सामर्थ्य देऊ


१. सर्वोत्तम देऊ मालिकलाई, जवानको सामर्थ्य देऊ
प्राणको ताजा बल्दो जोश लिई, सत्यको युद्धमा आऊ
येशूले छोडे नमूना – निडर जवान साहसी
देऊ उनलाई तिम्रो अटुट भक्ति, आफ्नो सर्वोत्तम चढाऊ.


को.
सर्वोत्तम देऊ मालिकलाई, जवानको सामर्थ्य देऊ
मुक्तिको पूरा कवच लगाई, सत्यको यद्धमा आऊ.


२. सर्वोत्तम देऊ मालिकलाई, हृदयमा पहिलो स्थान देऊ
पहिलो स्थान तिम्रो सेवामा, हरेक काम पवित्र होस्‌
देऊ अनि तिमीलाई दिइनेछ, पिताले पुत्र दिए
आभारी बन्दै सेवा गर, आफ्नो सर्वोत्तम चढाऊ.


३. सर्वोत्तम देऊ मालिकलाई, अरू त योग्य छैन
तिमीलाई बचाउन प्राण दिए, स्वर्गको महिमा त्यागे
गनगन नगरी भए बलि, विनाशबाट बचाउन
देऊ उनलाई तिम्रो हृदयको भक्ति, आफ्नो सर्वोत्तम चढाऊ.

 


हामीले सुनेका छौँ येशूले बचाउँदछन्‌


१. हामीले सुनेका छौँ, येशूले बचाउँदछन्‌
अरूलाई जनाएका छौँ, येशूले बचाउँदछन्‌,
सबै देशमा होस्‌ प्रचार, ख्रीष्टले दिएको उद्धार
प्रभुको सुसमाचार, येशूले बचाउँदछन्‌.


२. पापीलाई सुनाइयोस्‌, येशूले बचाउँदछन्‌
दु‌खीलाई जनाइयोस्‌, येशूले बचाउँदछन्‌,
पृथ्वीमा होस्‌ विश्वास, नष्ट हवस्‌ सब उदास
सबका मनमा यस्तै होस्‌, येशूले बचाउँदछन्‌.


३. आफ्नो जीवन-मृत्युले, येशूले बचाउँदछन्‌
स्तुति गर यस गीतले, येशूले बचाउँदछन्‌,
गाऊ दुःख सहँदा, गाऊ पश्चात्ताप गर्दा
गाऊ जीवन छोड़्दा, येशूले बचाउँदछन्‌.


४. सबैलाई यो आह्वान छ, येशूले बचाउँदछन्‌
सबैलाई रमाहट छ, येशूले बचाउँदछन्‌
हवस्‌ दुष्टको पूरो क्षय, हवस्‌ ख्रीष्टको पूरो जय
गाऊ सधैँ बहिनी-भाइ येशूले बचाउँदछन्‌.

 


हे ईश्वर उहिलेको उद्धार


१. हे ईश्वर उहिलेको उद्धार आशा भविष्यको
आँधी बतासमा हाम्रो आड़ अनन्त लोक हाम्रो


२. तपाईंको गद्दी छायामा हामी निडर बस्छौँ,
तपाईंको हातमा भरोसा राखी सुरक्षित छौँ


३. जगको सृष्टि भन्दा अघि तपाईं हुनुहुन्छ
परमेश्वर अनादिदेखि अनन्त कालसम्म


४. वर्ष हजार एक क्षण जस्तो तपाईंको दृष्टिमा
बिलाउँछ जस्तै अँध्यारो सूर्यको ज्योतिमा