Nepali Hymn

जीवन अँध्यारोमा जब


१. जीवन अँध्यारोमा जब आउँछ दुःख
जब हरेस खान्छौँ र हराउँछ सुख
तब आशिष्‌ गन, येशूलाई हेर
अशिष्‌ गन्दा-गन्दै, लौ त कति धेर


को.
आशिष्‌ गन, गन एकै-एक,
आशिष्‌ गन, हेर छन्‌ अनेक
आशिष्‌ गन, छक्क पर्नेछौ,
प्रभुले तिमीलाई कति दिनुभो’


२. फिक्री, शोकको भारी तिमी बोक्छौ,
कि आउने दिनको लागि बाँचौँ कसरी
बाइबल पढ़्दाखेरी तिमी बुझ्नेछौ,
हाम्रा प्रेमी पिताबाट सब पाउँछौँ


३. धन-सम्पति हेर्दा थुप्रै अर्कैको,
तब सम्झौँ हाम्रो धन छ स्वर्गको,
यस संसारको धनले शान्ति मिल्दैन,
तर येशू डाक्छन्‌ जहाँ पीर छैन


४. दिन-दिन लडाइँ हुन्छ छँदा संसारमा,
शैतान जित्न खोज्छ हामीलाई सदा
येशू छेउमा बस्दा शक्ति दिनेछन्‌,
स्वर्ग नपुगेसम्म आशिष्‌ गन्दै गन

 


जीवनको त्यो रोटी


१. जीवनको त्यो रोटी भाँचेर देऊ,
जसरी भाँच्नुभो’ समुद्रछेउ
पवित्र पुस्तकमा खोज गर्दछु,
छु खोजी तपाईंकै, हे प्राण प्रभु.


२. जीवनको त्यो रोटी मलाई जुरोस्‌
तपाईंको त्यो वचन मनमा बसोस्‌
र सुध्रोस्‌ मेरो मन, हुँ परस्वार्थी,
सब मेरो बेहोरा तपाईंमाथि.


३. त्यो बचन खोलिदेऊ, म देख्न पाऊँ,
त्यो वचन खोलिदेऊ, म बुझ्न पाऊँ
तपाईंको सङ्गतमा सँगै हिँड़्दै,
ममा तपाईंको रूप प्रकाश हुँदै.


४. प्रभु सत्य अवतार, आशीर्वाद देऊ,
जसरी जोटीमा गालीलको छेउ
तब बन्धन छुट्ला साँगलो भाँची,
शान्ति तब पाऊँल सत्य शान्ति.

 


त्यो क्रूसमा जब हेर्दछु


१. त्यो क्रूसमा जब हेर्दछु जसमा मारिनुभो’ येशू
धन-सम्पत्ति म तुच्छ ठान्छु घमण्ड त्यागी नरम हुन्छ.


२. येशूले भोगे मृत्यु-दण्ड खाली यसमा गर्छु घमण्ड
मलाई लोभ्याउने थोकहरू म उनको लागि त्याग्दछु.


३. लौ उनको शिर, हात, पाउदेखि हेर दुःख र प्रेम मिसी बग्यो
छ शिरमा काँड़ा बुनेको के अघि यस्तै मुकुट थियो ?


४. सब संसार भए ता मेरो, त्यो पनि तुच्छ दान हुन्थ्यो
लौ यत्रो प्रेमको योग्य दान हो जीवन, आत्मा, जीउ र प्राण.

 


धन्य उद्धारक


१. धन्य उद्धारक करुणा-सागर, धेरै नै दयालु स्वतन्त्रता
मजस्तो निर्धोको तपाईं अड़ेस, आउँदैछु प्रभु तपाईं छेउमा.


कोरस.
धन्य उद्धारक, उदेक उद्धारक, बुद्धिका धारा सनातनका
आशा, विश्वासका प्रकाश, उनैको, ख्रीष्ट मुक्तिदाताकै प्रशंसा.


२. धन्य उद्धारक, डर कत्ति छैन, तपाईंमा पाउँछौ शरण, रक्षा
खुशी भई पुज्छु र विश्वास गर्छु, स्थिर भई आउँछु तपाईं छेउमा.


३. धन्य उद्धारक, कृपालु कोमल, अहिले सर्वदै रहन ममा
तपाईं सहायक ढाल र रक्षक, समातिराख्नोस्‌ तपाईं छेउमा.

 


परमेश्वरलाई प्रशंसा गर्दछौं


1.परमेश्वरलाई प्रशंसा गर्दछौं
प्रेमको पुत्र मुक्तिदातको लागि


Ref
हल्लेलुयाहा महिमा होस हल्लेलुयाहा आमेन
हल्लेलुयाहा महिमा होस प्रशंसा गछौं


2.परमेश्वरलाई प्रशंसा गर्दछौं
मुक्तिदाता देखाउने आत्माको लागि


3.महिमा प्रशंसा प्रेमको पितालाई
छुटकारद्वारा तपाईको हदय चिन्छौ


4.फेरि तपाईलाई प्रशंसा गर्दछौ
हामी तपाईको प्रेमले भरिएका छौं