हे धन्य शिर पवित्र
१. हे धन्य शिर पवित्र, काँड़े मुकुट ला’को,
दुःखमय दृश्य त्यो कस्तो, रगत बगेको,
थकित प्रभुको मुखमा, मानिसले थुकेको,
वैजनी वस्त्र लगाई, निगालो दिएको
२. हे धन्य प्रभु येशू, घृणित तिमी भयौ,
संसारले व्यर्थ ठान्यो, दोषी नै ठहरायो,
मृत्युको दण्ड भोगी, प्राण बलिदान दियौ,
पाप कारण मेरै, मेरो तिमीले दुःख सह्यौ
३. धन्य भन्नु प्रभुलाई शब्द छैन मेरो,
जत्ति दुःख, संकष्ट मेरो लागि सह्यौ,
प्रार्थना यही हो मेरो, लौ लेऊ, अर्पण गर्छु,
निःस्वार्थ तिम्रो प्रेमको, जय जय सधैँ गाउँछु
예수가 우리를
१. हे मेरो प्राण, उठ् सँग घाम र पूरो गर् सब आफ्नो काम
अल्छी छाड़् र स्तुति गा, बिहानको प्रार्थना चढ़ा.
२. बिता यो दिन भई बुद्धिमान्, सबै दिनलाई त अन्तकै ठान्
ईश्वरको दानको गर् विचार, न्यायको लागि बस तैयार.
३. हे ईश्वर, गर्छु प्रार्थना यो, जे-जे गरूँला आज म
त्यो सबमा मलाई गोहार देऊ, मनमा पवित्र आत्मा देउ.
४. अँ आज मेरो बाटोले आफ्नो महिमा बढ़ाइदेऊ
अँ पिता, पुत्र, आत्माका सधैँको परम महिमा.
हे सनातनका पहरा
१. हे सनातनका पहरा ख्रीष्ट, पाऊँ शरण तपाईंमा
क्रूसमा रगत पानी जो कोखबाट बहेथ्यो
शुद्ध पारोस् नीच मलाई पापको दोष र वश हटाई.
२. व्यवस्था गर्न पूरा उध्योग पुग्दैनन् मेरा
उत्साह मेरो भए अपार आँसु चुहे लगातार
तै तीबाट पाइन्न त्राण, खाली ख्रीष्ट बचाउँछन् प्राण.
३. हातमा भेटी ल्याउत्रँ म, खालि क्रूसमा भर पर्छु
आउँछु नाङ्गो असहाय, मेरो उद्धारक तपाईं
धारा माग्छु भई हताश, धुनोस् नत्र हुन्छु नाश.
४. मेरो सहुञ्जेल आयु जब हुन्छ नि मृत्यु
अनि स्वर्गमा हेर्दा तपाईंलाई सिंहासनमा
हे सनातनका पहरा ख्रीष्ट, पाउँ शरण तपाईंमा.
होऊ मेरो दर्शन
१. होऊ मेरो दर्शन, मेरो प्राण, हे प्रभु,
तपाईंबाहेक आनन्द छैन अरू
रातमा-दिनमा होस् सोच तपाईंकै,
सुत्दा वा ब्यूँझँदा ज्योति तपाईं नै
२. होऊ मेरो बुद्धि, मेरो साँचो बात,
म सदा तपाईंसाथ, तपाईं मसाथ
तपाईं नै पिता, म छोरो साँच्चै वास गर्नोस् ममा,
मचाहिँ तपाईंमै
३. होऊ मेरो तरवार र ढाल लड़ाइँको,
होऊ मेरो मर्यादा, आनन्द मेरो
होऊ मेरो गढ़ी, धरहरा अग्लो स्वर्गतिर उठाऊ,
हे बलवान् प्रभु
४. धन म खोज्दिनँ न त प्रशंसा तपाईं नै
मेरो सर्वस्व सदा
तपाईंलाई मात्र मेरो पहिले मान,
स्वर्गको राजा तपाईं मेरो धन
५. स्वर्गको राजा विजय भई गयो,
स्वर्गीय आनन्द पाउँछु घाम चम्किलो
मेरो प्राण प्यारो भूल भए हाम्रो अझै होऊ दर्शन,
हे सबका राजा