एउटा फोहोरा
इमानुएलको रगतले भरिएको त्यहाँ एउटा फोहोरा छ
त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन
दोषी दागहरू मेटिन्छन्, दोषी दागहरू मेटिन्छन्,
त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन्.
त्यो फोहोरा देखेर क्रूसको चोर खुसीले आनन्दित भए
र ति चोर झैँ म निच भएँ नि, मेरा सबै पाप धोइयो,
मेरा सबै पाप धोइयो, मेरा सबै पाप धोइयो
र ति चोर झैँ म निच भएँ नि, मेरा सबै पाप धोइयो.
मर्नुहुने थुमाको रगतको शक्ति कहिल्यै डग्नेछैन
जबसम्म ख्रीष्टको मुक्त चर्च, बचाईन्छ, पाप नगर्नलाई
बचाईन्छ, पाप नगर्नलाई, बचाइन्छ, पाप नगर्नलाई
जबसम्म ख्रीष्टको मुक्त चर्च, बचाईन्छ, पाप नगर्नलाई.
जब विश्वासद्वारा देखेँ मैले तपाईंको त्यो चोटको धारा
उद्धारगर्ने प्रेम मेरो गीत बन्यो, म गाउनेछु बाचुन्जेल
म गाउनेछु बाचुन्जेल, म गाउनेछु बाचुन्जेल
उद्धारगर्ने प्रेम मेरो गीत बन्यो, म गाउनेछु बाचुन्जेल.
जब तोते बोल्ने यो जिब्रो मौन भई बस्छ चिहानमा
तब मिठो गीतमा म गाउनेछु, तपाईंको बचाउने शक्ति
तपाईंको बचाउने शक्ति, तपाईंको बचाउने शक्ति
तब मिठो गीतमा गाउनेछु, तपाईंको बचाउने शक्ति.
ओ धन्य रात ताराहरु चम्कदैँछन्
१. ओ धन्य रात ताराहरु चम्कदैँछन्
जन्मनु भो मेरो उद्दारकर्ता
धेरै अल्झियो संसार पापको दलदलमा
उहाँ नआउन्जेल मूल्य थाहा पाएनन्
आशाको किरणले थकित आत्मा रमाए
महिमित बिहानी संसारमा उदायो
दण्डवत गर स्वर्गदुतको स्वरलाई सुन
ओ धन्य रात त्यो रात जब ख्रीष्ट जन्मे
त्यो रात त्यो रात त्यो रात
त्यो दिव्य रात
२. विश्वासको ज्योतिको अगुवाईमा
हर्षित हृदय उनको डुड छेउको
चम्किलो ताराले देखाएको बाटो
पछ्याएर आए ज्योतिषीहरु
राजाहरुक राजा प्रस्रीए डुडैमा
हाम्रो सघर्षमा मित्र बनि जन्मिए
दण्डवत गर स्वर्गदुतको स्वरलाई सुन
ओ धन्य रात त्यो रात जब ख्रीष्ट जन्मे
त्यो रात त्यो रात त्यो रात
त्यो दिव्य रात
ईश्वरको प्रेम
१. ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे
Ref
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
सधैँभरि दूतगण समस्त गाउँछन् त्यसको जयजयकार
२. अफशोसी दिन जब बित्नेछन्, सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ
ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्
अनुग्रह आदम वंशलाई भनी गाउनेछन् दूतगण
३. समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान् प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको
कलवरी डाँडाको पुरानो पुस्ताको
१. कलवरी डाँडाको पुरानो पुस्ताको झलझली हेर्दै म याद गर्छु
संसारको लागि नै थुमा भई ईश्वरको निष्पापी येशु बलि भाको
को:
छोड्नेछैन म प्यारो क्रुसलाई छोड्नु परे पनि अरुलाई
संसार यो जब छोडी जान्छु मुकुट महिमाको म लाउँछु
२. संसारले त्यागेको र घृणा गरेको कति प्यारो छ मलाई त्यो क्रुस
कारण मुक्ति दिन मा पापीलाई जस्तो प्रभु येशु ख्रीष्ट बलि भाको
३. कलवरी डाँडाको कति सुन्दर त्यो क्रुस पवित्र रगतको दागसरी
याद गरौं उच्च दुःख प्रभुले सहेको गर्न उद्धार सबै पापीको
४. जीवनभरी मेरो विश्वासी रहन्छु, क्रुसको संकष्ट म सहन्छु शेषमा
स्वर्गीय मेरो घर जब जान्छु, ख्रीष्ट प्रभुसँग सधै बस्छु