Nepali Hymn

परमेश्वरलाई प्रशंसा गर्दछौं


1.परमेश्वरलाई प्रशंसा गर्दछौं
प्रेमको पुत्र मुक्तिदातको लागि


Ref
हल्लेलुयाहा महिमा होस हल्लेलुयाहा आमेन
हल्लेलुयाहा महिमा होस प्रशंसा गछौं


2.परमेश्वरलाई प्रशंसा गर्दछौं
मुक्तिदाता देखाउने आत्माको लागि


3.महिमा प्रशंसा प्रेमको पितालाई
छुटकारद्वारा तपाईको हदय चिन्छौ


4.फेरि तपाईलाई प्रशंसा गर्दछौ
हामी तपाईको प्रेमले भरिएका छौं

 


म तपाईको हुँ


१. म तपाईंको हुँ, कति प्यार मलाई प्रभु ख्रीष्ट दर्शाउनुभो’
तर विश्वासद्वारा तपाईंको छेऊ आउने तृष्णा गर्दछु


को.
मलाई नजीक, नजीक हे प्रभु ल्याउनोस्‌ आफ्नो क्रूसको छेऊ
मलाई (नजीक) (३) हे प्रभु आफ्नो घायल शरीरको छेऊ


२. ईश्वरको अनुग्रहको शक्तिले म प्रभुको काम गरुँ
इच्छा मेरो तपाईंकोमा मिलाई ईश्वरमा आशा राखूँ


३. जब प्रार्थनामा मित्रसँग झैँ तपाईंसँग बोल्छु म
तब आउँदा तपाईंको सन्मुखमा मलाई कति आनन्द छ


४. म नमरुञ्जेल प्रेमको अनुभव गर्न सक्तिनँ पूरा
म नबसुञ्जेल ख्रीष्टको सङ्गतमा मेरो मेट्दैन तृष्णा

 


येशु कस्तो प्यारो मित्र


Verse 1:
येशू कस्तो प्यारो मित्र
पापको भार उठाउनुभो
दु:ख-सुख ईश्‍वरकहाँ ल्याओं
हामीलाई वरदान कत्रो?
कति शान्ति-सुख गुमाउँछौं,
कति दु:ख छ व्यर्थैमा?
कारण ईश्‍वरकहाँ हामी
सब ल्याउँदैनौं प्रार्थनामा।


Verse 2:
चारैतिरबाट आउँछ
सङ्कट, क्लेश र परीक्षा
लौ, हरेस खानुपर्दैन
ख्रीष्टलाई भनौं प्रार्थनामा,
हाम्रो सबै दु:खका भागी,
यस्तो मित्र कहाँ पाऔंला?
हरकमजोरी येशू बुझ्छन्‌,
ख्रीष्टलाई भनौं प्रार्थनामा।


Verse 3:
हामी छौं कि निर्बल, दु:खित,
चिन्ता, बोझले लादिएका?
हाम्रो आश्रय खालि येशू
ख्रीष्टलाई भनौं प्रार्थनामा,
साथीले के गर्छन्‌ हेला?
ख्रीष्टलाई भनौं प्रार्थनामा
उनले रक्षा गर्छन्‌ हाम्रो,
उनमा पाउँछौं सान्त्वना।


Verse 1:
Yeshu kasto pyaaro mitra
Paap-ko bhaar uThaau-nubho
Dukha-sukha ishwor-ka’aaň lyaaoň
Haami-laai bardaan katro?
Kati shaanti-sukh gumaauň-chauň,
Kati dukh cha byerthai-maa?
KaaraN ishwor-kahaaň haami
Sab lyaauň-dainauň praarthanaa-maa.


Verse 2:
Caarai-tira-baaTa aauňcha
Sangkat, klesh ra parikchyaa
Lau, hares khaanu-pardaina
KhrisT-laai bhanauň praarth’naa-maa,
Haamro sabai dukh-kaa bhaagi,
Yesto mitra ka’aaň paauňlaa?
Har-kamjori yeshu bujh-chan,
KhrisT-laai bhanauň praarth’naa-maa.


Verse 3:
Haami chauň ki nirbal, dukhit,
Cintaa, bojh-le laad’yekaa?
Haamro aashrai khaali Yeshu
KhrisT-laai bhanauň praarth’naa-maa.
Saathi-le ke garchan helaa?
KhrisT-laai bhanauň praarth’naa-maa.
Un-le rakchyaa garchan haamro,
Un-maa paauň-chauň saantwonaa.