Nepali Hymn

अचम्मको अनुग्रहले


1.अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो हराएको
थिएँ अब पाइएको छु अन्धो देख्‍ने भएँ।


2.अनुग्रहले ईश्‍वरको भय अनुग्रहले शान्ति कस्तो
अमूल्य स्वाद अनुग्रहको जब विश्‍वास गरें।


3.अनेकौँ जोखिम परीक्षा भएर आइपुगेँ
यहाँ सम्म ल्याउने त्यो अनुग्रहले पुग्नेछु स्वर्ग मै।


4.प्रभुको वाचा भलाईको यो मेरो भरोसा
उहाँ नै मेरो सूर्य र ढाल प्राण मेरो रहुन्जेल।


5.हजारौँ वर्ष स्वर्गमा सूर्यझैँ चम्कन्छौ यो
अनुग्रहको प्रशंसा गाउँदै युग युगौँ रहन्छौँ।

 


अहा ! मलाई आनन्द हुन्छ

 


आउनुभो’ स्वर्गदेखि मुकुटलाई त्यागी


१. आउनु भो’ स्वर्गदेखि मुकुटलाई त्यागी, मेरो लागि लिई अवतार
बेथलेहेमको गाउँमा थिएन ठाउँ आफ्नो लागि हे तारणहार,


Ref
मकहाँ प्रभु येशू आउनोस्‌, मेरो हृदयमा धेरै छ ठाउँ


२. स्यालका हुन्छन्‌ कुर र चराका गुँड़ तिनले लाउँछन्‌ जंगलमा
तर तपाईंकै शिर राख्नलाई ठाउँ थिएन गालीलमा


३. जीवित वचन साथ लिई स्वर्गदेखि ओर्ली मुक्तिदान दिन आउनुभो’
तर ठट्टाले क्रूसमा चढ़ाए, लगाई मुकुट काँड़ाको,


४. स्वर्गको द्वार खोलिँदा, दूतगणले गाउँदा, तपाईं महिमासाथ आउँदा
शब्द सुन्न पाउँ “तँलाई धेरै छ ठाउँ, मेरोछेउ सदा बस्न आ”