येशूले पूरै तिर्नुभो
१. उद्धारकर्ता भन्नुहुन्छ, तिमी औधी कमजोर छौ
प्रार्थनामा जाग रह, पुरै शक्ति मबाट लेउ
Ref
येशूले पूरै तिर्नुभो, ऋणी म उहाँको
पापले छोडेथ्यो रातो दाग, उहाँले हिउँसरी पार्नुभो
२. प्रभु साच्चै म पाउछु, तपाईको सामर्थ्य अब
केवल त्यसले कोर भाग्छ, गाल्छ ढुङगाको ह्रदय
३. तपाईको अनुग्रह पाउन, छैन असल केहि ममा
सेतै पारी धुन्छु मेरा वस्त्र, क्रुसको रगतमा
४. अनि पूर्ण भई उहाँमा, उभिँदा सामु सिंहासन
अझै भन्नेछु येशू मरे बचाउन मेरो प्राण
राजा परमेश्वरको सृष्टि
१. राजा परमेश्वरको सृष्टि, स्वरले आफ्नो राग उचाली गाऊ स्तुति
हल्लेलूयाह, हे किरण घामको जस्तो सुन, आकाशमा चाँदीजस्तो जून.
को.
गाऊ स्तुति, उनको स्तुति हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह.
२. हे हावा, जोरमा सामर्थी आकाशको बादल, हे तिमी गाऊ स्तुति
बिहानको ज्योति, स्तुति गाऊ बेलुका, चम्की खूब कराऊ, हल्लेलूयाह.
३. हे सफा धारा, बग्दै गाऊ, प्रभुले सुनुन् राग बजाऊ, गाऊ स्तुति
हे आगो, मालिक, चम्किलो उज्यालो दिने मान्छेको, हल्लेलूयाह.
४. सब नम्र मनका गर राग, माफ दिई लेऊ आफ्नो भाग, गाऊ स्तुति
हे दुःख सहनेहरू हो, शरण र आशा उनमा हो, हल्लेलूयाह.
५. हे मरण, दिन्छ जो विश्राम जब गरिसक्यो हाम्रो काम, गाऊ स्तुति
ईश्वरको बालक, स्वर्गलाई देखाउँछौ बाटो येशूकै, हल्लेलूयाह.
६. सब थोकले गाऊन् धन्यवाद, दीन भई गरून् सधैँ याद, गाऊ स्तुति
पितालाई स्तुति, पुत्रलाई, आत्मालाई पनि गाऊ जय हल्लेलूयाह.
लिनोस् प्रभु मेरो
१. लिनोस् प्रभु मेरो ज्यान, होस् तपाईंलाई बलिदान
लिनोस् हरेक दिन र क्षण सधैँ स्तुतिमा बितून्.
२. लिनोस् मेरो हात, प्रभु, लाउनोस् काममा तपाईंको
लिनोस् मेरो पाउ, प्रभु, आफ्नो पथमा हिँड़ाउन.
३. लिनोस् मेरो स्वर, प्रभु, तपाईंको बढ़ाइ गर्छु
लिनोस् मेरो ओठ, प्रभु, होस् सुवचन भरेको.
४. लिनोस् मेरो धन, प्रभु, सब तपाईंलाई बुझाउँछु
लिनोस् बुद्धि, ज्ञान, प्रभु, वशमा ल्याई तपाईंको.
५. लिनोस् इच्छा, हे प्रभु आफ्नैसित मिलाउनु
लिनोस् मन आफ्नै ठान्नोस् तपाईंको सिंहासन होस्.
६. लिनोस् मेरो प्रेम, प्रभु चरणमा म खन्याउँछु
लिनोस् तन-मन-धन, प्रभु, ख्रीष्टकै लागि जिउनेछु.
सबथोक राम्रा
को.
सब थोक राम्रा र उज्जर, सब जीव साना-ठूला
ज्ञानी र उदेकका सब ईश्वरले बनाएका.
१. सब फूल राम्रा जो फुल्छन्, गाउँछन् सबै चरा
रङ्ग तिनका चम्किला छन्, बनाए पखेटा.
२. हिउँदको चिसो हावा, गर्मीको राम्रो घाम
पाकेको फल बगानमा उनैको सबै काम.
३. हिउँका अग्ला पहाड़, सब छेउका जंगल नदी
सूर्यास्त र सुन्दर बिहान रङ्गीन आकाश पनि.
४. हेर्न दिए आँखा जो, ओठ दिए बोल्नलाई
अति महान् ईश्वर हुन्, बनाए सब राम्रै.