Nepali Hymn

पर्नेछ आशिषको झरी, प्रेमको प्रतिज्ञालाई मान


१. पर्नेछ आशिष्को झरी, प्रेमको प्रतिज्ञालाई मान
हुन्छन्‌ समय जीवन दिने, ख्रीष्ट मुक्तिदाताको दान


को.
आशिष्को झरी, आशिष्को झरी पठाऊ
दयाको थोपो चुहुन्छ, आशिष्को झरी पठाऊ


२. पर्नेछ आशिष्को झरी, जीवनमा होस्‌ शक्ति-बल
सबैमा उत्पन्न गराउँछ, पवित्र आत्माको फल


३. पर्नेछ आशिष्को झरी, हामीमा प्रभु पठाऊ
दिएर आत्माको भरपूर, वचनको तेजले जगाऊ


४. पर्नेछ आशिष्को झरी, होस्‌ आजदेखि शुरू
हामीले आज पाप स्वीकार्छौं, सुन्नुहोस्‌ बिन्ती येशू

 


पापको भारदेखि


१. पापको भारदेखि के छुट्न माग्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
शैतानमाथि जयवन्त हुन खोज्छौ ?v
उदेक शक्ति छ रगतमा


को.
भन जय, जय उदेकको शक्ति छ रगतमा, रगतमा
भन जय, जय उदेकको शक्ति छ येशूको अमोल रगतमा


२. पापको घमण्डलाई के छोड़्न माग्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
कलवरी क्रूसनिर शुद्ध हुन आऊ,
उदेक शक्ति छ रगतमा


३. हिउँभन्दा सफा के हुन माग्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
रगतमा पाप आफ्ना पखाल्न जाऊ
उदेक शक्ति छ रगतमा


४. के येशू राजाको सेवा गर्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
के ख्रीष्टको जय सधैँ गर्न माग्छौ ?
उदेक शक्ति छ रगतमा

 


प्रभु नाथ मलाई डोर्याउनुहोस्


१. प्रभु नाथ मलाई डोर्याउनोस्‌, यात्री मरूभूमिमा
म त निर्बल, लौ समाउनोस्‌ आफ्नो बलवान बाहुलीमा,
स्वर्गीय, रोटी, स्वर्गीय रोटी (मलाई दिनुहोस्‌ सदा) (२)


२. खोल्नोस्‌ जिउँदो पानी धारा, खोलो बग्न दिनुहोस्‌
आगो, मेघको खाँबोद्वारा मलाई नित्य डोर्याउनोस्‌,
वीर उद्धारक, वीर उद्धारक, (ढाल र गोहार बन्नुहोस्‌) (२)


३. मृत्यु नदी तीर पुगेर म नमानूँ डर चिन्ता
नरक मरण नदेखेर कुशलसाथ स्वर्ग पुगूँला,
स्तुति गाना, स्तुति गाना (गाउँछु तपाईंलाई सदा) (२)

 


प्रार्थनाको समय के मीठो


१. प्रार्थनाको समय के मीठो सांसारिक चिन्ता छोड़्दछु
औ आफ्नो पिताको सन्मुख म सब बताउँछु आफ्नो दुःख,
ममा जब आउँछ विपत्ति, उनले छोड़ाउँछन्‌ तीदेखि
शैतानको जालदेखि बाँच्छु जब प्रार्थना गरी उठ्दछु


२. प्रार्थनाको समय के मीठो जब जान्दछु सच्चाइँ उनको
पितालाई बिन्ती चढ़ाउँछु र बाटो आशिष्को हेर्छु,
र जब बोलाउँदछन्‌ उनले कि उनलाई भजूँ सब समय
म आफ्नो चिन्ता प्रार्थनामा राख्छु गर्दै आशा उनैमा


३. प्रार्थनाको समय के मीठो दिलाशा मेरो सदाको
छ जबसम्म यो विश्वास, म जान पाउँछु उनको पास,
जब छोड़्छु म यस जगत्‌लाई पाउनेछु वासस्थान अनन्तकै
प्रभुको सामने तब आई गर्नेछु स्तुति उहाँलाई