Nepali Hymn

क्रूसको छेउमा आउँछु


१. क्रूसको छेउमा आउँछु, त्यसमा आशा पाउँदछु
जसमा भयो बलिदान, जसले हुन्छ मेरो त्राण.


को.
येशूमा म राख्छु आशा, बलि भयो क्रूसमा खास
क्रूसको आशिष्‌ मलाई देऊ मेरो गह्रौँ भारी लेऊ.


२. म ता पापी क्लेशित थिएँ, आफ्ना कर्मले दुःखित थिएँ
खोज्दथेँ त्राणको उपाय, जान्दिनथेँ सत्‌ सहाय.


३. प्रभु येशू मेरो नाथ, समात्छु म उनकै हात
खालि येशू सत अवतार येशूदेखि छ उद्धार.

 


ख्रीष्टकै लागि सबै


१. ख्रीष्टकै लागि सबै, ख्रीष्टकै काम गर्ने शक्ति मेरो
बात, विचार, कामहरू सबै, दिन, घण्टा सबै मेरो
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै काम गर्ने शक्ति मेरोv ख्रीष्टकै लागि, सबै ख्रीष्टकै दिन, घण्टा सबै मेरो


२. उनको कार्य यी हातले गरून्‌, पाउ उनको पथमा हिँडून्‌
आँखाले ख्रीष्टलाई देखून्‌, ओठले उनको स्तुति गरुन्‌
ख्रीष्टकै लागि सबै, ख्रीष्टकै पाउ उनको पथमा हिँडून्‌
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै ओठले उनको स्तुति गरून्‌


३. आँखा जब ख्रीष्टमा लाएँ ख्रीष्ट टाँगिएको देखेँ
आत्माले ख्रीष्ट मात्र देखेँ, अरू थोक मैले भूलेँ
ख्रीष्टकै लागि सबै ख्रीष्टकै, ख्रीष्ट टाँगिएका देखेँ
ख्रीष्टकै लागि सबै ख्रीष्टकै, अरू थोक मैले भूलेँ

 


चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा


१. चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा,
समय पूरो हुन पर्खिरहेथे.


को.
चिहानदेखि ख्रीष्ट उठे, जयको ध्वनिसँग ख्रीष्ट उठे
अन्धकारको राज्यलाई हटाईकन ज्योतिमा राज गर्न सन्तहरूसँग
ख्रीष्ट उठे, ख्रीष्ट उठे, हल्लेलूयाह ख्रीष्टको जय.


२. ढुङ्गामा छाप लगाई,
पहरा राखे व्यर्थैमा चिहानलाई रक्षा गरे.


३. मृत्युले सकेन रोक्न प्रभुलाई,
बौरी उठे येशू, जयवन्त भई.