कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला?
१. कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला ?
को.
प्रभु हो उदेकको कुरा, प्रभु हो वैभवका राजा
घुँड़ा टेक्दै हामी आऔँ, प्रभु ख्रीष्टमा मुकुट लाऔँ
२. खुशी भई घरैमा आफ्नो हातले काम गर्दा
३. सारो भोको जंगलमा शैतानसँग युद्ध गर्दा
४. आफ्नो मीतको चिहानमा उभी दुःखले रुँदा
५. संकट भई बारीमा आधा रात प्रार्थना गर्दा
६. पापको क्रूसमा टाँगिदा, शत्रुलाई आशिष् दिँदा
७. आफ्नो निज चिहान छोड़्दा, यस संसारको त्राण गर्दा
८. स्वर्गको सिंहासनमा बसीकन राज्य गर्दा
कस्तो बलियो जग(Tune Joseph Funk)
१. कस्तो बलियो जग, हेर पबित्र जन, तिम्रो विश्वासको जग, ख्रीष्टको श्रेष्ठ वचन
पर्याप्त छ उनको वचन तिमीलाई, जो येशूकहाँ गयौ शरण पाउनलाई
२.’ नडरा म छु नजीक, नहो निराश, म हुँ तेरा परमेश्वर गर्छु गुहार
मेरो धार्मिकताको दायाँ हा तले, तँ खडा हुनेछस् मेरो सामर्थ्यले
३.आगोको परीक्षा भएर जाँदा, मेरो अनुग्रह प्रशस्त हुन्छ सदा
ज्वालाले तँलाई पोल्नेछैन कतै, कसरलाई फालेर खारिन्छस् सुन जस्तै
४. त्यो प्राण जो शरण लिन्छ ख्रीष्ट येशूमा, छोड्दीन कदापि शत्रुको हातमा
त्यो प्राणलाई शैतानले खोजे नाश गर्न, म कदापि, कदापि त्यो त्याग्नेछैन
केवल येशूको रगतनै
Verse 1
मेरो पाप के ले धुन्छ, केवल येशूको त्यो रगतले
शुद्ध के ले बनाउछ, केवल येशूको त्यो रगतले
Chorus
अ-मूल्य धारा यो, हिउँ झैँ मलाई सेतो पार्ने
अरू कुनै धारा छैन, केवल येशूको त्यो रगत नै
Verse 2
पापको क्षमा देख्दछु, केवल येशूको त्यो रगतले
शुद्ध हुन यो बिन्ती, केवल येशूको त्यो रगतले
Verse 3
पापको प्रायश्चित हुन्छ, केवल येशूको त्यो रगतले
मेरो कमाइले होइन, केवल येशूको त्यो रगतले
Verse 4
मेरो आशा र शान्ति, केवल येशूको त्यो रगतले
मेरो सबै धार्मिकता, केवल येशूको त्यो रगतले