Nepali Hymn

येशु हुन् मेरो कस्तो विलास


१. येशू हुन्‌ मेरो कस्तो विलास,
दिँदछन्‌ मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर,
उनमा म बस्छु सधैँ निडर


Ref
को. यो मेरो हाल छ,
यो मेरो गान गर्छु प्रशंसा प्रतिदिनै (२)


२. पूरा भरोसा, आनन्द र सुख,
अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान,
दूतगण अब गर्छन्‌ प्रेमको बखान


३. विश्वास म राख्छु, ख्रीष्ट मेरो नाथ,
उनैमा बस्छु सुरक्षासाथ
उनैमा प्रेमले पाउँछु विश्राम
जानेछु अन्तमा स्वर्गीय लोक


Yeshu Hun Mero Kasto Bilas
Didaxan Maan ma Mahima Ko assh
Mukti ko Bhaghi, swarga Mero Ghar
Unma ma baschu sadhai Nidar


Chorus.
Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai
Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai


Pura Bharosha, anand ra Sukh
aba mero maan ma, na sok na Dukh
Khrist bata Vayo, Daya ko Gyan
Dudhgan abo Garchan, Prem ko bakhan


Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai
Yo mero haal xa, Yo mero Gaan
Garchu Prasansha Prati Din nai

 


येशूले पूरै तिर्नुभो


१. उद्धारकर्ता भन्नुहुन्छ, तिमी औधी कमजोर छौ
प्रार्थनामा जाग रह, पुरै शक्ति मबाट लेउ


Ref येशूले पूरै तिर्नुभो, ऋणी म उहाँको
पापले छोडेथ्यो रातो दाग, उहाँले हिउँसरी पार्नुभो


२. प्रभु साच्चै म पाउछु, तपाईको सामर्थ्य अब
केवल त्यसले कोर भाग्छ, गाल्छ ढुङगाको ह्रदय


३. तपाईको अनुग्रह पाउन, छैन असल केहि ममा
सेतै पारी धुन्छु मेरा वस्त्र, क्रुसको रगतमा


४. अनि पूर्ण भई उहाँमा, उभिँदा सामु सिंहासन
अझै भन्नेछु येशू मरे बचाउन मेरो प्राण