राजा परमेश्वरको सृष्टि
१. राजा परमेश्वरको सृष्टि, स्वरले आफ्नो राग उचाली गाऊ स्तुति
हल्लेलूयाह, हे किरण घामको जस्तो सुन, आकाशमा चाँदीजस्तो जून.
को.
गाऊ स्तुति, उनको स्तुति हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह.
२. हे हावा, जोरमा सामर्थी आकाशको बादल, हे तिमी गाऊ स्तुति
बिहानको ज्योति, स्तुति गाऊ बेलुका, चम्की खूब कराऊ, हल्लेलूयाह.
३. हे सफा धारा, बग्दै गाऊ, प्रभुले सुनुन् राग बजाऊ, गाऊ स्तुति
हे आगो, मालिक, चम्किलो उज्यालो दिने मान्छेको, हल्लेलूयाह.
४. सब नम्र मनका गर राग, माफ दिई लेऊ आफ्नो भाग, गाऊ स्तुति
हे दुःख सहनेहरू हो, शरण र आशा उनमा हो, हल्लेलूयाह.
५. हे मरण, दिन्छ जो विश्राम जब गरिसक्यो हाम्रो काम, गाऊ स्तुति
ईश्वरको बालक, स्वर्गलाई देखाउँछौ बाटो येशूकै, हल्लेलूयाह.
६. सब थोकले गाऊन् धन्यवाद, दीन भई गरून् सधैँ याद, गाऊ स्तुति
पितालाई स्तुति, पुत्रलाई, आत्मालाई पनि गाऊ जय हल्लेलूयाह.
सर्वोत्तम देऊ मालिकलाई जवानको सामर्थ्य देऊ
१. सर्वोत्तम देऊ मालिकलाई, जवानको सामर्थ्य देऊ
प्राणको ताजा बल्दो जोश लिई, सत्यको युद्धमा आऊ
येशूले छोडे नमूना – निडर जवान साहसी
देऊ उनलाई तिम्रो अटुट भक्ति, आफ्नो सर्वोत्तम चढाऊ.
को.
सर्वोत्तम देऊ मालिकलाई, जवानको सामर्थ्य देऊ
मुक्तिको पूरा कवच लगाई, सत्यको यद्धमा आऊ.
२. सर्वोत्तम देऊ मालिकलाई, हृदयमा पहिलो स्थान देऊ
पहिलो स्थान तिम्रो सेवामा, हरेक काम पवित्र होस्
देऊ अनि तिमीलाई दिइनेछ, पिताले पुत्र दिए
आभारी बन्दै सेवा गर, आफ्नो सर्वोत्तम चढाऊ.
३. सर्वोत्तम देऊ मालिकलाई, अरू त योग्य छैन
तिमीलाई बचाउन प्राण दिए, स्वर्गको महिमा त्यागे
गनगन नगरी भए बलि, विनाशबाट बचाउन
देऊ उनलाई तिम्रो हृदयको भक्ति, आफ्नो सर्वोत्तम चढाऊ.
हे धन्य शिर पवित्र
१. हे धन्य शिर पवित्र, काँड़े मुकुट ला’को,
दुःखमय दृश्य त्यो कस्तो, रगत बगेको,
थकित प्रभुको मुखमा, मानिसले थुकेको,
वैजनी वस्त्र लगाई, निगालो दिएको
२. हे धन्य प्रभु येशू, घृणित तिमी भयौ,
संसारले व्यर्थ ठान्यो, दोषी नै ठहरायो,
मृत्युको दण्ड भोगी, प्राण बलिदान दियौ,
पाप कारण मेरै, मेरो तिमीले दुःख सह्यौ
३. धन्य भन्नु प्रभुलाई शब्द छैन मेरो,
जत्ति दुःख, संकष्ट मेरो लागि सह्यौ,
प्रार्थना यही हो मेरो, लौ लेऊ, अर्पण गर्छु,
निःस्वार्थ तिम्रो प्रेमको, जय जय सधैँ गाउँछु