Nepali Hymn

येशू मलाई गर्छन् प्यार


१. येशू मलाई गर्छन्‌ प्यार, यो हो सब बाइबलको सार
बालक उनका हुन्‌ वरदान, ती निर्बल उनी बलवान्‌.


Ref
प्यार गर्छन्‌ मलाई, प्यार गर्छन्‌ मलाई
प्यार गर्छन्‌ मलाई, येशूले गर्छन्‌ प्यार.


२. येशू मलाई गर्छन्‌ प्यार, प्राण दिई खोले स्वर्गको द्वार
मेरो पाप सब धुनेछन्‌, बालकलाई बोलाउँदछन्‌.


३. येशू मलाई गर्छन्‌ प्यार, जस्तै निर्बल छु बिमार
आफ्नो सिंहासनदेखि देख्तछन्‌ सधैँ मलाई.

 


येशू वरदानको मूल–धारा


१. येशू वरदानको मूल–धारा, गरूँ योग्य प्रशंसा
दया–खोला लगातार बगिरहेछ ममा
स्तुति गर्न दिनोस् मलाई स्वर्गदूतले गरे झैं
प्रभु ख्रीष्टको प्रेम र भलाइ छ अगाध अपार सधैं


२. यतिञ्जेल मेरो उद्धारक तपाई हुनुभो’ आफै
राखी “एवेन्एजर” स्मारक अघि बढ्छु स्वर्गमै
बगाल छोड्ने भेडाजस्तो मलार्ई खोजे येशूले
नाशदेखि बचाउन आफ्नो अमोल रगत बहाए


३. ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु
त्यो अनुग्रह साङ्गलोसरी बाँधोस् चञ्चल मन मेरो
आफ्नै सुरमा जान खोज्ने मन छ मेरो, छैन स्थिर
लिनोस् मन, हे लिनोस् प्रभु, स्वर्गको लागि राख्नोस् दृढ

 


येशूले पूरै तिर्नुभो


१. उद्धारकर्ता भन्नुहुन्छ, तिमी औधी कमजोर छौ
प्रार्थनामा जाग रह, पुरै शक्ति मबाट लेउ


Ref
येशूले पूरै तिर्नुभो, ऋणी म उहाँको
पापले छोडेथ्यो रातो दाग, उहाँले हिउँसरी पार्नुभो


२. प्रभु साच्चै म पाउछु, तपाईको सामर्थ्य अब
केवल त्यसले कोर भाग्छ, गाल्छ ढुङगाको ह्रदय


३. तपाईको अनुग्रह पाउन, छैन असल केहि ममा
सेतै पारी धुन्छु मेरा वस्त्र, क्रुसको रगतमा


४. अनि पूर्ण भई उहाँमा, उभिँदा सामु सिंहासन
अझै भन्नेछु येशू मरे बचाउन मेरो प्राण