प्रार्थनाको समय के मीठो
१. प्रार्थनाको समय के मीठो सांसारिक चिन्ता छोड़्दछु
औ आफ्नो पिताको सन्मुख म सब बताउँछु आफ्नो दुःख,
ममा जब आउँछ विपत्ति, उनले छोड़ाउँछन् तीदेखि
शैतानको जालदेखि बाँच्छु जब प्रार्थना गरी उठ्दछु
२. प्रार्थनाको समय के मीठो जब जान्दछु सच्चाइँ उनको
पितालाई बिन्ती चढ़ाउँछु र बाटो आशिष्को हेर्छु,
र जब बोलाउँदछन् उनले कि उनलाई भजूँ सब समय
म आफ्नो चिन्ता प्रार्थनामा राख्छु गर्दै आशा उनैमा
३. प्रार्थनाको समय के मीठो दिलाशा मेरो सदाको
छ जबसम्म यो विश्वास, म जान पाउँछु उनको पास,
जब छोड़्छु म यस जगत्लाई पाउनेछु वासस्थान अनन्तकै
प्रभुको सामने तब आई गर्नेछु स्तुति उहाँलाई
म तपाईको हुँ
१. म तपाईंको हुँ, कति प्यार मलाई प्रभु ख्रीष्ट दर्शाउनुभो’
तर विश्वासद्वारा तपाईंको छेऊ आउने तृष्णा गर्दछु
को.
मलाई नजीक, नजीक हे प्रभु ल्याउनोस् आफ्नो क्रूसको छेऊ
मलाई (नजीक) (३) हे प्रभु आफ्नो घायल शरीरको छेऊ
२. ईश्वरको अनुग्रहको शक्तिले म प्रभुको काम गरुँ
इच्छा मेरो तपाईंकोमा मिलाई ईश्वरमा आशा राखूँ
३. जब प्रार्थनामा मित्रसँग झैँ तपाईंसँग बोल्छु म
तब आउँदा तपाईंको सन्मुखमा मलाई कति आनन्द छ
४. म नमरुञ्जेल प्रेमको अनुभव गर्न सक्तिनँ पूरा
म नबसुञ्जेल ख्रीष्टको सङ्गतमा मेरो मेट्दैन तृष्णा
मान र विश्वास
१. येशूसाथ-साथ हिँड़्दा वचनको ज्योतिमा,
हाम्रो बाटो गराउँछन् प्रकाश
हाम्रो हुन् पालनहार उनको इच्छाअनुसार,
यदि गर्दछौँ मान र विश्वास
को.
मान र विश्वास गरे ख्रीष्टमा छ आश
येशूलाई गर्नुपर्छ खालि मान र विश्वास
मेघ अँध्यारो आए येशूको मुहारले,
चाँड़ै पार्दछ निर्मल आकाश,
न ता शंका, न ता भय, न ता आसुँ न हाय,
हामी गरूञ्जेल मान र विश्वास
आफ्ना भारी बोकी अरूलाई साहस दिई,
श्रमको फल पाऔँला ख्रईष्टको श्याबास,
संकट, आपद र क्लेश हामीलाई छ आशिष्,
यदि गर्दछौँ मान र विश्वास
तर तन-मन र धन अर्पण नगरुञ्ज्याल,
हामी येशूमा हौँला निराश,
कारण आनन्द र जय येशू दिन्छन् त्यसलाई,
जसले गर्दछन मान र विश्वास
उनको सङ्गतिमा पाउनेर बसौँला,
बाटोमा हिँड़ौँला उनको पास
उनको आज्ञा मानौँ जहाँ पठाउनेछन जाऔँ,
डर नहोस् खालि मान र विश्वास