Nepali Hymn

चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा


१. चिहानभित्र थिए ख्रीष्ट प्रभु मेरा,
समय पूरो हुन पर्खिरहेथे.


को.
चिहानदेखि ख्रीष्ट उठे, जयको ध्वनिसँग ख्रीष्ट उठे
अन्धकारको राज्यलाई हटाईकन ज्योतिमा राज गर्न सन्तहरूसँग
ख्रीष्ट उठे, ख्रीष्ट उठे, हल्लेलूयाह ख्रीष्टको जय.


२. ढुङ्गामा छाप लगाई,
पहरा राखे व्यर्थैमा चिहानलाई रक्षा गरे.


३. मृत्युले सकेन रोक्न प्रभुलाई,
बौरी उठे येशू, जयवन्त भई.

 


c

जब शान्तिको नदी मभित्र बग्दछ जब हुरी बतास


१. जब शान्तिको नदी मभित्र बग्दछ, जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभो, मुक्त छ मुक्त छ मेरो प्राण.


को.
मुक्त छ, मुक्त छ, मेरो प्राण मेरो प्राण
मुक्ता छ, मुक्ता छ, मेरो प्राण.


२. शैतानको खेदो र परीक्षामा पनि, यस निश्चयताले सम्हालोस्‌
ख्रीष्टले मेरो प्राणको वास्ता गर्नुभो, र आफ्नै रगत बहाउनुभो.


३. मेरो पाप यो कस्तो अचम्मको सत्यता, पाप सब केवल आधा होइन
ठोकिए उनको क्रूसमा ती बोक्दिन म, स्तुति गाऊ प्रभुको मेरो प्राण.


४. हतार्नोस्‌ त्यो दिन जब विश्वास दृष्टि बन्छ, बादल पर्दा झैं खोलिन्छ
तुरही बज्नेछ र प्रभु आउनेछन्‌, तब पनि मुक्त छ मेरो प्राण.

 


जय होस्‌ तपाईंको येशू


१. जय होस्‌ तपाईंको, येशू गौरवमय पाउनुभो’ अनन्त मृत्युमा विजय
चम्किलो स्वर्गदूतले ढुङ्गा पल्टाए, जहाँ तपाईंको लाश थियो, कात्रो मात्र थियो


को.
जय होस्‌ तपाईंको, येशू गौरवमय पाउनुभो’
अनन्त मृत्युमा विजय


२. लौ जिउँदो येशू चिहानदेखि आई पाप र दुःख मेटाउँछन्‌ भेटी हामीलाई
ख्रीष्टीय मण्डली गरोस्‌ प्रभुको जय जय, हटिगयो सबलाई मृत्यु कालको भय


३. पूरो भरोसा राख्छौँ, तारणहार हे प्रतापी प्रभु, दिनुहोस्‌ गोहार
जयवन्तभन्दा जयवन्त हामी सब बनौँ मृत्यु खोला तरी स्वर्गलोक पसौँ

 


परमेश्वरलाई प्रशंसा गर्दछौं


1.परमेश्वरलाई प्रशंसा गर्दछौं
प्रेमको पुत्र मुक्तिदातको लागि


Ref
हल्लेलुयाहा महिमा होस हल्लेलुयाहा आमेन
हल्लेलुयाहा महिमा होस प्रशंसा गछौं


2.परमेश्वरलाई प्रशंसा गर्दछौं
मुक्तिदाता देखाउने आत्माको लागि


3.महिमा प्रशंसा प्रेमको पितालाई
छुटकारद्वारा तपाईको हदय चिन्छौ


4.फेरि तपाईलाई प्रशंसा गर्दछौ
हामी तपाईको प्रेमले भरिएका छौं