कलवरी डाँडाको पुरानो पुस्ताको
१. कलवरी डाँडाको पुरानो पुस्ताको झलझली हेर्दै म याद गर्छु
संसारको लागि नै थुमा भई ईश्वरको निष्पापी येशु बलि भाको
को:
छोड्नेछैन म प्यारो क्रुसलाई छोड्नु परे पनि अरुलाई
संसार यो जब छोडी जान्छु मुकुट महिमाको म लाउँछु
२. संसारले त्यागेको र घृणा गरेको कति प्यारो छ मलाई त्यो क्रुस
कारण मुक्ति दिन मा पापीलाई जस्तो प्रभु येशु ख्रीष्ट बलि भाको
३. कलवरी डाँडाको कति सुन्दर त्यो क्रुस पवित्र रगतको दागसरी
याद गरौं उच्च दुःख प्रभुले सहेको गर्न उद्धार सबै पापीको
४. जीवनभरी मेरो विश्वासी रहन्छु, क्रुसको संकष्ट म सहन्छु शेषमा
स्वर्गीय मेरो घर जब जान्छु, ख्रीष्ट प्रभुसँग सधै बस्छु
https://www.youtube.com/watch?v=usqEg_Vg788
कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला?
१. कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला ?
को.
प्रभु हो उदेकको कुरा, प्रभु हो वैभवका राजा
घुँड़ा टेक्दै हामी आऔँ, प्रभु ख्रीष्टमा मुकुट लाऔँ
२. खुशी भई घरैमा आफ्नो हातले काम गर्दा
३. सारो भोको जंगलमा शैतानसँग युद्ध गर्दा
४. आफ्नो मीतको चिहानमा उभी दुःखले रुँदा
५. संकट भई बारीमा आधा रात प्रार्थना गर्दा
६. पापको क्रूसमा टाँगिदा, शत्रुलाई आशिष् दिँदा
७. आफ्नो निज चिहान छोड़्दा, यस संसारको त्राण गर्दा
८. स्वर्गको सिंहासनमा बसीकन राज्य गर्दा
केवल येशूको रगतनै
Verse 1
मेरो पाप के ले धुन्छ, केवल येशूको त्यो रगतले
शुद्ध के ले बनाउछ, केवल येशूको त्यो रगतले
Chorus
अ-मूल्य धारा यो, हिउँ झैँ मलाई सेतो पार्ने
अरू कुनै धारा छैन, केवल येशूको त्यो रगत नै
Verse 2
पापको क्षमा देख्दछु, केवल येशूको त्यो रगतले
शुद्ध हुन यो बिन्ती, केवल येशूको त्यो रगतले
Verse 3
पापको प्रायश्चित हुन्छ, केवल येशूको त्यो रगतले
मेरो कमाइले होइन, केवल येशूको त्यो रगतले
Verse 4
मेरो आशा र शान्ति, केवल येशूको त्यो रगतले
मेरो सबै धार्मिकता, केवल येशूको त्यो रगतले