अचम्मको अनुग्रहले
1.अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो हराएको
थिएँ अब पाइएको छु अन्धो देख्ने भएँ।
2.अनुग्रहले ईश्वरको भय अनुग्रहले शान्ति कस्तो
अमूल्य स्वाद अनुग्रहको जब विश्वास गरें।
3.अनेकौँ जोखिम परीक्षा भएर आइपुगेँ
यहाँ सम्म ल्याउने त्यो अनुग्रहले पुग्नेछु स्वर्ग मै।
4.प्रभुको वाचा भलाईको यो मेरो भरोसा
उहाँ नै मेरो सूर्य र ढाल प्राण मेरो रहुन्जेल।
5.हजारौँ वर्ष स्वर्गमा सूर्यझैँ चम्कन्छौ यो
अनुग्रहको प्रशंसा गाउँदै युग युगौँ रहन्छौँ।
अहा ! मलाई आनन्द हुन्छ
ईश्वरको प्रेम
१. ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे
Ref
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
सधैँभरि दूतगण समस्त गाउँछन् त्यसको जयजयकार
२. अफशोसी दिन जब बित्नेछन्, सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ
ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्
अनुग्रह आदम वंशलाई भनी गाउनेछन् दूतगण
३. समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान् प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको