Nepali Hymn

ईश्वरको प्रेम


१. ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे


Ref
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
सधैँभरि दूतगण समस्त गाउँछन्‌ त्यसको जयजयकार


२. अफशोसी दिन जब बित्नेछन्‌, सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ
ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्‌
अनुग्रह आदम वंशलाई भनी गाउनेछन्‌ दूतगण


३. समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान्‌ प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको

 


केवल येशूको रगतनै


Verse 1
मेरो पाप के ले धुन्छ, केवल येशूको त्यो रगतले
शुद्ध के ले बनाउछ, केवल येशूको त्यो रगतले


Chorus
अ-मूल्य धारा यो, हिउँ झैँ मलाई सेतो पार्ने
अरू कुनै धारा छैन, केवल येशूको त्यो रगत नै


Verse 2
पापको क्षमा देख्दछु, केवल येशूको त्यो रगतले
शुद्ध हुन यो बिन्ती, केवल येशूको त्यो रगतले


Verse 3
पापको प्रायश्चित हुन्छ, केवल येशूको त्यो रगतले
मेरो कमाइले होइन, केवल येशूको त्यो रगतले


Verse 4
मेरो आशा र शान्ति, केवल येशूको त्यो रगतले
मेरो सबै धार्मिकता, केवल येशूको त्यो रगतले

 


परमेश्वरलाई प्रशंसा गर्दछौं


1.परमेश्वरलाई प्रशंसा गर्दछौं
प्रेमको पुत्र मुक्तिदातको लागि


Ref
हल्लेलुयाहा महिमा होस हल्लेलुयाहा आमेन
हल्लेलुयाहा महिमा होस प्रशंसा गछौं


2.परमेश्वरलाई प्रशंसा गर्दछौं
मुक्तिदाता देखाउने आत्माको लागि


3.महिमा प्रशंसा प्रेमको पितालाई
छुटकारद्वारा तपाईको हदय चिन्छौ


4.फेरि तपाईलाई प्रशंसा गर्दछौ
हामी तपाईको प्रेमले भरिएका छौं