Nepali Hymn

Shantamaya Raat


1. Shaantamay raat, shaantamay raat,
Yeshoo khreesht krpaanaath
Vishvaka sarvashreshth taaranahaar
Lie gothaima sat avataar,
Bethalehem shaharama
Bethalehem shaharama


2. Shaantamay raat, shaantamay raat,
Jayajay gaaun dootaganasaath,
Baalak sundar janmeka chhan‌
Baalak eeshvaraka putr hun‌,
Yeshoo ho unako naun
Yeshoo ho unako naun


3. Shaantamay raat, shaantamay raat,
Yeshoo khreesht harshasaath,
Aae svargadekhi jagat‌ma
Paapee maanisako khojeema
Svaagat garaun unalaee
Svaagat garaun unalaee


शान्तमय रात, शान्तमय रात,
येशू ख्रीष्ट कृपानाथ
विश्वका सर्वश्रेष्ठ तारणहार
लिए गोठैमा सत अवतार,
(बेथलेहेम शहरमा) (२)


शान्तमय रात, शान्तमय रात,
जयजय गाऔँ दूतगणसाथ,
बालक सुन्दर जन्मेका छन्‌
बालक ईश्वरका पुत्र हुन्‌,
(येशू हो उनको नाउँ) (२)


शान्तमय रात, शान्तमय रात,
येशू ख्रीष्ट हर्षसाथ,
आए स्वर्गदेखि जगत्‌मा
पापी मानिसको खोजीमा
(स्वागत गरौँ उनलाई) (२)

 


Yesu mare mero lagi


१. येशू मरे मेरो लागि उनको गर्छ जयजयकार
परमधामको दुःखलाई त्यागी क्रूसमा बोके पापको भार


कोः
येशू मरे मेरो लागि म सुनाउँछु समाचार
अहिले अनि स्वर्ग पुगी गाउँछु ख्रीष्टको जयजयकार


२. मैले भिरालो डाँडामा भेडाझै बाटो भुलें ख्रीष्ट भेट्टाई,
मारे अङ्गालो मलाई प्रेमसाथ घर ल्याए


३. म ठेस खाई भएँ लस्त निको पारे चोट उनले अन्धा
थिएँ त्रासले ग्रस्त येशूले उद्धार गरे


४. मृत्यु नदी पुगीकन मलाई तार्नेछन् येशू स्वर्गमा
पसी प्रिय जन फेरि भेट्न पाउनेछु

 


अचम्मको अनुग्रहले


1.अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो हराएको
थिएँ अब पाइएको छु अन्धो देख्‍ने भएँ।


2.अनुग्रहले ईश्‍वरको भय अनुग्रहले शान्ति कस्तो
अमूल्य स्वाद अनुग्रहको जब विश्‍वास गरें।


3.अनेकौँ जोखिम परीक्षा भएर आइपुगेँ
यहाँ सम्म ल्याउने त्यो अनुग्रहले पुग्नेछु स्वर्ग मै।


4.प्रभुको वाचा भलाईको यो मेरो भरोसा
उहाँ नै मेरो सूर्य र ढाल प्राण मेरो रहुन्जेल।


5.हजारौँ वर्ष स्वर्गमा सूर्यझैँ चम्कन्छौ यो
अनुग्रहको प्रशंसा गाउँदै युग युगौँ रहन्छौँ।